
पाँचथर।। पाँचथरको फाल्गुनन्द गाउँपालिकाका महिला उद्यमीहरुलाइ सम्मान गरिएको छ ।
गाउँपालिका भित्र विभिन्न पेशा र ब्यावसाय सञ्चालन गर्दै आएका महिलालाइ १ सय १३ औ अन्तराष्ट्रिय महिला दिवशको अवसर पारेर फाल्गुनन्द गाउँपालिकाले सम्मान गरेको हो ।
फाल्गुनन्द गाउँपालिका का सातै वडामा लामो समय देखि सफलता पुर्वक ब्यावसाय सञ्चालन गर्दै आएका महिला उद्यमीहरु सम्मानित भएका हुन् ।
फाल्गुनन्द गाउँपालिका १ नं. वडा नवमीडाँडामा रेखा होटल तथा खाजाघर सञ्चालन गर्दै आएकी रेखा आङदेम्बे, फाल्गुनन्द २ इम्बुङमा ढाका बुनाइ सम्ब्न्धि ब्यावसाय सञ्चालन गर्दै आएकी मनिला नेम्वाङ, फाल्गुनन्द ३ पौवासारतापमा मिङ्सो ढाका पसल सञ्चालन गर्दै आएकी देविका लावती, फाल्गुनन्द ४ चिलिङदिनमा ढाका बुनाइ ब्यावासाय सञ्चालन गर्दै आएकी संगिता नेम्वाङ, फाल्गुनन्द ५ फाक्तेपमा पंक्षि फारम सञ्चालन गर्दै आएकी विमला चेम्जोङ, फाल्गुनन्द ६ आङसराङमा ढाका बुनाइ ब्यावसाय सञ्चालन गर्दै आएकी ममता आङदेम्बे, फाल्गुनन्द ७ आङसराङमा फेन्सी स्र्टोश कपडा पसल सञ्चालन गर्दै आएकी कल्पना नेम्वाङलाइ जनही ५ हजार प्रशंसा पत्र र दोसल्लाले सम्मान गरिएको फाल्गुनन्द गाउँपालिका महिला बालबालिका तथा समाजकल्याण शाकाकी संयोजक रेजिना चापागाइले जानकारी दिनुभयो ।
फाल्गुण २४ गते “लैङ्गिक समानताको बलियो आधार ः सिर्जनात्मक प्रविधिमा महलिाको पहुँच विस्तार” भन्ने नाराका साथ मनाइएको १ सय १३ औ अन्तराष्ट्रिय महिला दिवशको अवसरमा महिला उद्यमीहरु सम्मानित भएका हुन् । कार्यक्रमम फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बे प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोक, ५ नं. वडाध्यक्ष विष्णुकुमार चेम्जोङले महिला उद्यमीलाइ नगद, प्रशंसा पत्र र दोषल्ला ओढाएर सम्मान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले महिलाको शिप र क्षमता विकासमा गाउँपाकिा सधैं लागि पर्ने प्रतिवद्धता दोहोर्याउनु भयो ।
गएको बर्ष हाल सम्मका महिला जनप्रतिनिधिलाइ सम्मान गरेको स्मरण गर्दै यो बर्ष सफल उद्यमी महलिालाइ र आगामी बर्ष फरक क्षेत्रका महिलालाइ सम्मान गरिने गाउँपालिकाका अध्यक्ष आङदेम्बेको भनाइ रहेको छ । कार्यक्रममा सहभागी महिलालाइ बोल्ने र आफ्ना कुराहरु राख्ने अवसर प्रदान गरिएको थियो ।
कार्यक्रमका सहभागीहरुले हरेक बर्षको महिला दिवसलाइ चाडको रुपमा मनाउदै सातै वडाका महिलालाइ सहभागी गराउन र एक आपसमा भेट हुने तथा चिनजान हुने वातावरण बनाइदिन गाउँपालिकालाइ आग्रह समेत गरेका छन् । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोले गाउँपालिकाले महिलाको शिप र क्षमता विकासमा ठुलो रकम लगानि गरिरहेको भन्दै यसको लाभ लिन सबै महिलालाइ आग्रह गर्नुभएको छ ।
उहाँले महिलाहरुमा हुने सबे खाले विभेद अन्त्य गर्न गाउँपालिका प्रतिवद्ध रहेको बताउनुभयो । कार्यक्रम कार्यपालिका सदस्य विमला नेम्वाङको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।