संघीय लिम्बुवान प्रान्तीय मञ्च द्धारा १ लाख २२ हजार सहयोग वितरण

पाँचथर ।।  फालेलुङ गाउपालिका वडा नंं ५ स्थायी बसोबास भएका स्व.धन बहादुर तामाङको घर गत माघ ८ गतेका दिन विधुत सर्टभई निजको घर जलेर घरका सम्पुर्ण सामाग्रिहरु नष्ट भई गासँ, वास र कपास विहिन भएका परिवारलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान प्रान्तिय मञ्च नेपालको प्रवास कार्य समिति संघीय लिम्बुवान सामाजिक मञ्च कतारले १ लाख २२ हजार नेपाली रुपैंया राहत प्रदान गरेको हो ।

पिडितका छिमेकी सलिसाम कतारका केन्द्रिय सदस्य तथा महिला विभाग सचिव भावना बान्तावा राईले घट्नावारे समितिलाई जानकारी गरेको आधारमा मञ्चको पहलमा उक्त सहयोग रकम संकलन गरि सलिसाम कतारका सचिव अमिर लावती, पाँचथर जिल्ला संघीय सचीव सुनिता केरुङ, जिल्ला सदस्य इसिता राई, फालेलुङ गापा सचिव कुमार यवा “मौसम“ र सोही वडाका पुर्व प्रत्याशी वडा अध्यक्ष सुजन मादेन “मिसेक“ लगायत नेताहरुको उपस्थितीमा सो राहत पिडित परिवारलाई प्रदान गरिएको हो ।

सामाजिक भावना भएकी भावना राई प्रति पिडित र गाउलेहरुले समेत खुसि व्याक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार