
पाँचथरको फिदिम नगरपालिका वडा नम्वर ६ बाट निजामति सेवामा प्रवेश गरेका ३ जनालाई सम्मान गरिएको छ ।
वडा कार्यालयको आयोजनामा फाल्गुनन्द गाउँपालिका प्रमूख प्रशासकीय अधिकृत निर्मल तुम्रोक सहित २ जना प्राविधिकलाई सम्मान गरिएको हो ।
आज वडा कार्यालयमा आयोजित एक समारोहमा उनीहरुलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा फिदिम नगरपालिका ६ सिवा घर भई विभिन्न विद्यालय र क्याम्पसमा अध्ययनरत २० जना विद्यार्थीलाई लोकसेवा तयारीका लागि सामग्री वितरण गरिएको छ ।
विद्यार्थीलाई लोकसेवा तयारीमा आकर्षण गराउन यस्तो कार्यक्रम ल्याइएको बिपन तुम्रोकको भनाई छ । कार्यक्रम पाँचथरका प्रमूख जिल्ला अधिकारी गणेश गैरेको प्रमूख आतिथ्यमा सम्पन्न भएको थियो ।