हिलिहाङ गाउँपालिका ७ भारपामा आगलागी, आगलागी हुदा २ जना बालकको ज्यान गयो

आगलागीमा परेर पाँचथरको हिलिहाङ गाउपालिका ७ भारपामा २ जना बालकको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा सरण पन्थाकका ५ वर्षीय छोरा सेसेहाङ पन्थाक र सन्तोष खातीका ४ बर्षीय छोरा निशान खाती छन । हिलिहाङ ७ यवाडाँडाका प्रेम पन्थाकको घरमा आज दिँउसो २ बजे भएको आगलागीमा उनीहरुको ज्यान गएको हो । मृत्यु भएका खाती सोहि घरमा बस्दै आएका थिए छिमेकी सरण पन्थाकका छोरा सेसेहाङ उनीसँग खेल्न आएका थिए ।

दिँउसो अभिवाक दाउरा खोज्न जंगल गएका बखत दुईजना बालक मात्रै रहेको बेला घरमा आगो लागेको बताइएको छ । यद्वपी आगो के कसरी लाग्यो खुल्न नसकेको घट्नास्थलमै रहेका वडाध्यक्ष धनकुमार लिम्बूले बताए ।

आगोले घर पुर्ण रुपमा क्षति भएको छ । उनीहरुको शव घरको माथिल्लो तलामा जलेर चिन्नै नसक्ने अवस्थामा भेटिएको पनि वडाध्यक्ष लिम्बूको भनाई छ ।
घट्नाबारे जानकारी पाए लगत्तै पाँचथरका प्रमूख जिल्ला अधिकारी गणेश गैरे र प्रहरी नायव उपरिक्षक हरि खतिवडा घट्नास्थल पुगेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार