माननियको पहिलो तलब बाट बृद्धाश्रमलाइ सहयोग

पाँचथर : पाँचथरबाट एक नम्बर प्रदेश सभा सदस्यमा निर्वाचित प्रदेश सभा सदस्य मैंया श्रेष्ठ लावतीले जेष्ठनागरिक आश्रमलाइ सहयोग गरेकि छन् ।

राज्यबाट प्राप्त पहिलो महिनाको सुविधाले उनले फिदिम २ मा रहेको सिद्ध पोखरी सेवा सदनमा रहेका ज्येष्ठ नागरिकलाइ खाद्यान्न र लत्ता कपडा उपलब्ध गराएकि हुन् ।

सांसद श्रेष्ठले आश्रममा रहेका  १८ जना ज्येष्ठ नागरिकका लागि दुई महिना पुग्ने ५ सय किलाे चामल, नुन, तेल र मसला सँगै स्विटर, ट्राउजर र ट्राक सुट जस्ता झण्डै ५७ हजार मुल्य बराबरका समाग्री हस्तानतरण गरेकी हुन् ।

शनिवार फिदिम २ स्थित आश्रममा पुगेकी श्रेष्ठले त्यहा आश्रित ज्येष्ठ नागरिकसँगै आश्रम सञ्चालक राधिका थापालाई सामग्री हस्तान्तरण गरेकि थिइन्  ।

सांसद भएपछि राज्यबाट प्राप्त पहिलो महिनाको सुविधा परोपकारी काममा लगानी गर्ने मनसायले आश्रमलाई सहयोग गरेको उनको प्रतिकृया छ ।

सामग्री हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका सह महामन्त्री भिष्मराज आङदेम्वे र फिदिम नगरपालिकाका मेयर मित्र प्रसाद काफ्ले लगायतको उपस्थिति थियो ।

सांसद श्रेष्ठ मंसिर ४ गते सम्पन्न प्रदेस सभा निर्वाचनबाट समानुपातिक प्रणाली मार्फत १ नम्बर प्रदेश सभा सदस्यमा चुनिएकि हुन् ।

जेष्ठ नागरिकको ब्यावस्थापनमा कठिनाइ भइरहेको भन्दै श्रेष्ठबाट प्राप्त सामाग्रीले केही समय भएपनि आश्रम सञ्चालनमा सहज हुने सिद्ध पोखरी सेवा सदनकी सञ्चालक राधिका थापाको प्रतिकृया छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार