बैंकर्स एसोसिएसनको पहिलो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रसैला

पाँचथर/२९ माघ

बैंकर्स एसोसिएसन पाँचथरको पहिलो अधिवेशन सम्पन्न भएको छ ।

शनिवार फिदिम नगरपालिका ४ माझिटारमा बनभोज कार्यक्रमको आयोजना गरेर एसोसिएसनले पहिलो अधिवेशन सम्पन्न गरेको हो ।

अधिवेशनबाट अध्यक्षमा रुपेश प्रसैला, उपाध्यक्षमा विपिन रिजाल, सचिबमा भिमनिधि तिवारी (विक्रम) सहसचिवमा गोपाल पौडेल, कोषाध्यक्षमा शोभा ढुङ्गेल, सदस्यहरुमा उमेश गौतम, छत्रपति निरौला, चाँदनी थापा (मगर) र प्रमिस आचार्य रहेको ९ सदस्यिय कार्यसमिति सर्बसम्मत रुपमा चयन भएको छ ।

समितिमा थप २ सदस्य मनोनयन गरिने नवनिर्वाचत अध्यक्ष प्रसैलाले जानकारी दिए ।

पाँचथरका विभिन्न बैंकमा काम गर्ने कर्मचारीहरु संगठित बनेका हुन् ।

एक आपसमा संगठित नुहँदा विभिन्न खालका भ्रम फैलाइने तथा बैंकहरु विचनै अस्वस्थ्य प्रतिष्पर्धा हुने गरेको भन्दै संगठित भएर काम गर्न लागेको एसोसिएसनका उपाध्यक्ष विपिन रिजालले जानकारी दिए ।

आगामी दिनमा विभिन्न सामाजिक कामहरु गर्न एसोसिएसनले लक्ष्य राखेको छ ।

एसोसिएसनले प्रेस सल्लाहकारमा रेडियो मितेरीका स्टेशन म्यानेर खविन लुइटेललाइ चयन गरेको छ ।

प्रथम अधिवेशन कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता समेत आयोजना गरिएको थियो ।

सम्मान कार्यक्रमको आयोजना

 

पहिलो अधिवेशनमा बैंकर्स एसोसिएसन पाँचथरले ३६ बर्ष बैंङ्किङ क्षेत्रमा विताउनुभएका पाँचथरका अग्रज बैंकर्स हरिप्रसाद दाहाललाइ सम्मान गरेको छ । दाहालले बैंकिङ क्षेत्रमा पुर¥याउनु भएको योगदानको सम्मान गर्दै सम्मान गरिएको एसोसिएसनका अध्यक्ष रुपेश प्रसैलाले बताए ।

यस्तै एसोाशिएसनले समाजसेवी राजेन्द्र अधिकारीलाई समेत समेत सम्मान गरेको छ । अधिकारीले समाजसेवामा गरिरहेको कामको प्रशंसा गर्दै उहाँलाइ सम्मान पत्र मार्फत सम्मान गरिएको एसोसिएसनका सचिब भिमनिधि तिवारी (बिक्रम) ले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार