पाँचथर कारागारमा रहेका कैदिवन्दीलाइ विभिन्न पुस्तकहरु हस्तान्तरण

ज्योती प्रभा भण्डारी ।। पाँचथर कारागारमा रहेका कैदिवन्दीको लागि विभिन्न पुस्तकहरु हस्तान्तरण गरिएको छ ।

नेपाल पुस्तक तथा स्टेसनरी ब्यावसायी महासंघ पाँचथर शाखा ले सरस्वती पुजाको अवसर पारेर १ सय थान पुस्तक प्रमुख जिल्ला अधिकारी मार्फत हस्तान्तरण गरिएको ब्यावसायी महासंघ पाँचथरका अध्यक्ष भगिरथ पौडेलले जानकारी दिए ।

बिभिन्न काँरणले जेल जिवल विताइरहेकाहरुलाई फुर्सदको समय विताउन सहज होस भनेर  कानुन, उपन्यास, जिवनी, लगायतका फरक फरक विधाका झण्डै ४० हजार मुल्य बराबरका पुस्तक प्रदान गरिएको स्टेशनरी ब्यावसायी महासंघका केन्द्रिय सदस्य उमानाथ अधिकारीले जानकारी दिए ।

ब्यावसायीहरुले प्रमुख जिल्ला अधिकारी गणेश गैरे मार्फत कारागारमा कैदिबन्दीहरुलाइ पुस्तक हस्तानतरण गरेका थिए । शैक्षिक सामाग्री तथा खेलकुद सामाग्री प्रदान सरस्वती पुजाकै अवसर पारेर नेपाल पुस्तक स्टेसनरी ब्यावसायी महासंघले फिदिम स्थित फिदिम माविका २० विद्यार्थीलाई शैक्षिक सामाग्री तथा विद्यालयलाइ खेलकुद सामाग्री हस्तान्तरण गरेको छ ।

विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको ब्यावसायीले बताएका छन् । फिदिममा सञ्चालनमा रहेका मेची बुक्स, सापकोटा पुस्तक पसल, सरस्वती पुस्तक पसल, बर्षा बुक, डायमण्ड बुक्स र फिदिम बुक्स ब्यावसायीहरुले कारागार तथा फिदिम माविमा प्रदान गरिएका सामाग्रीहरु उपलब्ध गराएका हुन् । नेपाल पुस्तक स्टेसनरी ब्यावसायी महासंघले सरस्वती पुजाको दिनलाइ पुस्तक दिवसको रुपमा समेत मनाउदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार