![](https://www.nayakuro.com/wp-content/uploads/2022/11/Bhisma-Basanta-Naya-Kuro-Final.jpg)
खविन लुइटेल
नेकपा एमालेले विजय उत्सव मनाइसकेपछी गणना नभएका मत पत्र भेटिएको भन्ने विषयले यतिबेला पाँचथरमा सामाजिक सञ्जाल तातेको छ ।
प्रत्यक्ष तर्फका सबै (१ सय ७७) मतपेटीकाको गणना सम्पन्न हुदा नेकपा एमालेका नेता बसन्तकुमार वसन्तकुमार नेम्वाङको ४७ मत धेरै रहेको थियो । सोहि आधारमा एमालेले चुनाव जितेको निष्कर्श निस्किएको थियो । तर समानुपातिकको मतपेटिकामा समेत नागरिकले झुकिएर प्रत्यक्षको मत पत्र खसाएको पाइएपछि त्यो के हुने ? भन्ने विषय बल्झियो ।
पाँचथरका राजनितिक दलहरुले सर्बदलिय बैठकमा त्यस सम्वन्धमा मतगणना प्रारम्भ हुनुभन्दा अगाडी निर्वाचन आयोगको परिपत्रलाइ समेत आधार मानेर समानुपातिकमा भेटिएका मतपत्रहरु जुन दलले मत प्राप्त गरेको हुन्छ सोहि दलले प्राप्त गरेको मतमा जोडिने भन्ने निर्णय गरेको थिए । जहाँ नेकपा एमालेका नेताहरुले समेत हस्ताक्षर गरेका छन् ।
हेर्नुहोस उक्त निर्णय ः
हराएको भनिएको मत पत्र के हो ?
प्रदेश सभा क मा ४० हजार ३ सय ७२ र प्रदेश सभा ख मा ३४ हजार ९ सय ८० मत गरी पाँचथरमा कुल ७५ हजार ३ सय ५२ मत खसेको विवरण निर्वाचन कार्यालयले सार्वजनिक गरेको छ । जुन प्रत्यक्ष र समानुपातिक दुवै हो । तर बसन्त नेम्वाङको ४७ मत धेरै भएर गणना सम्पन्न भएको निर्वाचन कार्यालयको विवरणमा कुल गणना भएको मतको संख्या ७४ हजार ४ सय ९३ मात्रै रहेको छ ।
अहिले खसेको भनिएको र गणना गरिएको भनिएको मतमा ८ सय ५९ मत हराएको भनिएको छ । तर हरेक मतदान स्थलमा जिल्लाभरी समानुपातिकमा मात्र मतदान गर्ने कर्मचारी लगभग ८ सयको संख्यामा रहेको थियो ।
जिल्ला निर्वाचन कार्यालय पाँचथरका प्रमुख कुमार प्रसाद भटराइ कर्मचारीले भरेको तथ्याङ्क फारमको विवरणको आधारमा अन्तिम तथ्याङक तयार पारिएको बताउछन् ।
कसैले तथ्याङ्क फारममा समानुपातिकमा मतदान गर्ने कर्मचारीको संख्या समावेश गरेको त कसैले नगरेको पाइएको उनको प्रस्टोक्ति छ ।
यदि समानुपातिकमा मतदान गर्ने कर्मचारीको संख्या समेत कुल मत खसेको सख्यामा गणना भएको भए बाहिर हल्लामा आएजस्तो मत पत्र हराएको पाइदैन् ।
गल्ति कस्को ?
निर्वाचनको क्रममा खटिएका कतिपय कर्मचारीको लापरवाहीका कारण तिङदेनको मतदान स्थलमा केहीवेर मतदान रोकिएको यो भन्दा अगाडीनै समाचारहरु आइसकेका छन् ।
निर्वाचनमा खटिने कतिपय कर्मचारिहरु तालिम लिन बोलाउदा समेत समेत नआएको पाइएको छ । राज्यले मतदाता शिक्षाको लागि प्रभावकारी काम गर्न नसकेको सत्य हो ।
४ ठाउँमा मतदान गर्नुपर्ने भनिएकोमा पाँचथरमा एउटै मतपत्रमा ४ ठाउँमा छाप समेत लगाएको पाइएको छ ।
दलहरुले मतदाता शिक्षाको कार्यक्रम सञ्चालननै गरेका रहेनछन भनदा समेत अत्युक्ति हुदैन । गठबन्धनलाइ भोट दिने कार्यकर्ताले एउटै मतपत्रमा रुख र हसिंया तारामा मतदान गरेको सयौको संख्याका मतपत्रले त्यसलाइ पुष्टि गर्छ ।
मुलत : कुन मत पत्र कसरी कुन ठाउँमा खसाउने भन्ने बारे सर्वसाधारण झुकिदा अहिलेको त्रुटी भएको देखिन्छ ।
यसलाइ सामान्य मानविय त्रुटि मानेर उक्त संख्यालाइ गणना गर्ने भन्ने निर्णय यहाँका दलहरुले यो भन्दा अगाडीनै गरिसकेका छन् ।
विशेषत गणनामा बसेका दलका प्रतिनिधहिरुले हरेक पटकको मत पेटिका बाट निस्किएका मत पत्रहरु मध्ये सदर र बदर मत छुट्याएर खसेको मत संग ट्यालि गर्दै संख्या रुजु भएपछि मात्र अरु मत पेटिका खोलेको भए सबै संख्या निस्किन्थ्यो तर दलका प्रतिनिधी र गणनामा संलग्न कर्मचारीले त्यस तर्फ गम्भिरतापूर्वक ध्यान दिएको पाइएन ।
अर्को तर्फ पूर्व सहमितलाइ विर्षिएर एमालेले पनि विजय जुलुस निकाल्ने हतारो नगरेको भए हुन्थ्यो । जित भएपछि प्रमाणपत्र लिएर मात्रै जियउत्सवको आयोजना गरेको भए राम्रो देखिन्थ्यो । निर्वाचन आयोगले घोषणा नै नगरिकन विजयउत्सव आयोजना गरेको पाइयो ।
के त्यसो भए निर्णय उल्टिन सक्छ त ?
समानुपातिकको बाकसमा प्रत्यक्षको मत पत्र कति भेटिन्छ र त्यहाँ कस्को मत धेरै आउछ भन्ने विषयले यो प्रश्नकोे उत्तर दिन्छ ।
यदि यो भन्दा अगाडीको ४७ मत लाइ उछिन्ने गरि रुख चिन्हमा मतदान भएका मतपत्रहरु समानुपातिकको बाकसमा भेटिए भने त्यो जित भिष्मराज आङदेम्बेको हुने निर्वाचन आयोगको परिपत्र र दलहरुको सहमतिले प्रष्ट पार्छ ।
तर त्यत्रो ठुलो संख्यामा मतपत्र समानुपातिकमा पर्नु र त्यसमा पनि रुखकै मत आउछ भन्नु त्यती तर्कसंगत नहुन सक्छ ।
हाल सम्म भेटिएका यस्ता मतपत्रबाट नेपाली कांग्रेसको मतान्तर ३९ मा झरेको बुझिएको छ । अपवादमा मात्र झुकिएर अर्को बाकसमा खस्ने मतपत्र कति भेटिएलान र यस्ले के आश्चार्यजनक निर्णय होला त ? अहिलेको चासो र चिन्ताको विषय यहि नै हो ।