आङदेम्बेले ५ सय बढी मतले अगाडी । अब कुन कुन स्थानको मत गणना हुदैछ ?

पाँचथर ।। पाँचथर सदरमुकाम फिदिममा जारी मतगणनाको पछिल्लो विवरण सार्बजनिक भएको छ ।

हाल सम्म भएको गणना अनुसार गठबन्धनका तर्फबाट उम्मेद्वार रहेका नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बे ५ सय ३५ मतले अगाडी रहेका छन् ।

यो भन्दा अगाडी उनी १७ मतले पछाडी थिए ।

फालेलुङ १ कुटीडाँडा ख ४८८, फाल्गुनन्द ३, पंचामृत आ.वि. क ५०४, फिदिम ५ सरस्वती मावी क ५०९, हिलिहाङ ६ सिद्धकाली मावि ख ३१६, फिदिम ३ सुम्निमा आवी ख ४४५, कुम्मायक १ खाल्डे मावि ४६०, फाल्गुनन्द १ शान्तीक्षेत्र आ.वि. ख ३५३, फिदिम ४ सुखवोध मावि क ४७३, हिलिहाङ ४ मझैटार आवी ४२१,तुम्वेवा ४ बुद्धेश्वरी मा.वि ५८४, मिक्लाजुङ ५ कुरुम्बा मावि क ३१३, फाल्गुनन्द ७ ज्योती मावी ख ४१३, फालेलुङ ८ सिद्धदेवी मावी औशिभज्याङ क ३८०, फाल्गुनन्द ३ पौवासारताप क ३४४, मिक्लाजुङ ६ चन्डेश्वर मावी ख ४०४, फाल्गुनन्द ३ सारताप मावी ख ३२१, फालेलुङ २ सिद्धेश्वरी मावी ख ३९६, फालेलुङ ५ सिंहदेवी खेरोक आ.वि. ४९५, फिदिम १० खलंगाटार मा.वि. ४०९, याङवरक ५ सिरिसे मावी ५८६, फिदिम ७ रानीटार मावी ख ३८४, गरी जम्मा जम्मा ८ हजार ९ सय ९८ गणना हुदा आङदेम्बेले आफ्नो अग्रता ५ सय ३४ पुर्याएका हुन् ।

हाल सम्म प्राप्त मत अनुसार आङदेम्बेको २४ हजार ४ सय ५९ र नेम्वाङको २३ हजार ९ सय २४ मत प्राप्त भएको छ ।

पाँचथर प्रदेश सभा ख मा गठबन्धनका तर्फबाट माओवादीका नेता इन्द्र आङबो मौसम विजेता भएका छन भने प्रदेश सभा क मा गठबन्धनका नेता नेकपा एस का कमल प्रसाद जवेगु विजयी भएका छन् ।

हाल सम्म प्रतिनिधि सभा तर्फ ५६ हजार २ सय ८१ मत गणना सम्पन्न भैसकेको छ ।

अब करिब १९ हजार मत गन्न बाँकी रहेको छ ।

अब गणना हुन लागेका मतदान केन्द्रहरु :

२९
फाल्गुनन्द ६ जयनारायण मावि ख ३९१
फालेलुङ ८ सिंह सिद्ध मावि ख ३६९
कुम्मायक ४ सिद्ध मावी क ५५४
फिदिम १३ सिगारे गाउँघर क्लिनिक ५२४
जम्मा १८३८

३०
तुम्वेवा १ श्री सिद्ध महेन्द्र मावी जोरसल्ले ३६६
फालेलुङ २ श्री सिद्धेश्वरी मावी क ४०६
याङवरक ६ श्री गणेश मावी (ख) ३६४
फिदिम ५ श्री सरस्वती मावी चोकमागु ४८१
याङवरक ३ धर्मभक्त आवि ५१५
जम्मा २१३२

३१
फिदिम ६ शिवा काफलबोटे आवी ५२०
फालेलुङ ७ थोकपन निमावी ख ४०९
फिदिम मावी ग ५७९
फिदिम १३ सिद्धेश्वरी मा.वि. फेजुङ ५७४
जम्मा २०८२
३ वटै स्थलमा गरि कुल ६०५२ गणना भैरहेको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार