पाँचथर ÷ पाँचथर सदरमुकाम फिदिममा जारी मतगणनाको पछिल्लो विवरण सार्बजनिक भएको छ । हाल सम्म ४७ हजार ३ सय ५० मत गणना सम्पन्न हुदाँ बसन्त कुमार नेम्वाङ १७ मतान्तरले अग्रता कायम गरेका छन् ।
हाल सम्म प्राप्त मत अनुसार आङदेम्बेको २० हजार ३ सय ८१ र नेम्वाङको २० हजार ३ सय ९८ मत प्राप्त भएको छ ।
पाँचथर प्रदेश सभा ख मा गठबन्धनका तर्फबाट माओवादीका नेता इन्द्र आङबो मौसम विजेता भएका छन भने प्रदेश सभा क मा गठबन्धनका नेता नेकपा एस का कमल प्रसाद जवेगु विजयी भएका छन् ।
अब गणना हुन लागेका स्थानहरु :
२६
फालेलुङ १ कुटीडाँडा ख ४८८
फाल्गुनन्द ३, पंचामृत आ.वि. क ५०४
फिदिम ५ सरस्वती मावी क ५०९
हिलिहाङ ६ सिद्धकाली मावि ख ३१६
फिदिम ३ सुम्निमा आवी ख ४४५
कुम्मायक १ खाल्डे मावि ४६०
फाल्गुनन्द १ शान्तीक्षेत्र आ.वि. ख ३५३
जम्मा ३०७५
२७
फिदिम ४ सुखवोध मावि क ४७३
हिलिहाङ ४ मझैटार आवी ४२१
तुम्वेवा ४ बुद्धेश्वरीमा.वि ५८४
मिक्लाजुङ ५ कुरुम्बा मावि क ३१३
फाल्गुनन्द ७ ज्योती मावी ख ४१३
फालेलुङ ८ सिद्धदेवी मावी औशिभज्याङ क ३८०
फाल्गुनन्द ३ पौवासारताप क ३४४
जम्मा २९२८
२८
मिक्लाजुङ ६ चन्डेश्वर मावी ख ४०४
फाल्गुनन्द ३ सारताप मावी ख ३२१
फालेलुङ २ सिद्धेश्वरी मावी ख ३९६
फालेलुङ ५ सिंहदेवी खेरोक आ.वि. ४९५
फिदिम १० खलंगाटार मा.वि. ४०९
याङवरक ५ सिरिसे मावी ५८६
फिदिम ७ रानीटार मावी ख ३८४
जम्मा २९९५
३ लटको जम्मा ८ हजार ९ सय ९८ गणना हुदै