पाँचथर / पाँचथर सदरमुकाम फिदिममा जारी मतगणनाको पछिल्लो विवरण सार्बजनिक भएको छ ।
हाल सम्म ३८ हजार ४ सय ८६ मत गणना सम्पन्न हुदाँ बसन्त कुमार नेम्वाङ १ सय ८६ मतान्तरले अग्रता कायम गरेका छन् ।
हाल सम्म प्राप्त मत अनुसार आङदेम्बेको १६ हजार ४ सय २५ र नेम्वाङको १६ हजार ६ सय ११ मत प्राप्त भएको छ ।
पाँचथर प्रदेश सभा ख मा गठबन्धनका तर्फबाट माओवादीका नेता इन्द्र आङबो मौसम विजेता भएका छन भने प्रदेश सभा क मा गठबन्धनका नेता नेकपा एस का कमल प्रसाद जवेगुको जित पक्का भएको छ ।