पाँचथर ÷ पाँचथर सदरमुकाम फिदिममा जारी मतगणनाको पछिल्लो विवरण सार्बजनिक भएको छ । हाल सम्म ११ हजार ४ सय २५ मत गणना सम्पन्न हुदाँ भीष्मराज आङदेम्बले ४ सय ८८ मतान्तरले अग्रता कायम गरेका छन् ।
इन्द्रेणी मावी तुम्बेवा क, पुलभञ्ज्याङ ग फिदिम १२, खान्द्रोङ क मिक्लाजुङ १ सम्पन्न हुँदा आङदेम्बेको मतान्तर ४ सय ८८ पुगेको हो । यो भन्दा अगाडिको परिणाममा आङदेम्बे ३ सय ९२ मतले अगाडी थिए ।
हाल सम्म प्राप्त मत अनुसार आङदेम्बेको ५ हजार ७८ र नेम्वाङको ४ हजार ५ सय ९० मत प्राप्त भएको छ ।