पाँचथर अपडेट ः झिनो मतले आङदेम्बेको अग्रता

ज्योती प्रभा भण्डारी ÷ पाँचथर सदरमुकाम फिदिममा जारी मतगणनाको पछिल्लो विवरण सार्बजनिक भएको छ ।

यो भन्दा अगाडीकोे ६ हजार ३ सय ३ मत सम्मको गणनामा नेकपा एमालेका बसन्त कुमार नेम्वाङ १३ मतले अगाडी रहेका थिए ।

मिक्लाजुङ ४ रवी बजार दुर्गा मावी क, तुम्बेवा सरस्वती मावी वडा नं. १, सिद्धेश्वरी मावी चिलङदिन ज्यामिरबोटे फाल्गुनन्द ४, को १ हजार १ सय ८० सहित कुल ७ हजार ४ सय ८३ मत गणना सम्पन्न हुदा आङदेम्बे ३२ मतले अगाडी बढेका हुन ।

हाल सम्म एमालेका बसन्तकुमार नेम्वाङले ३ हजार १ सय ७४ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेले ३ हजार २ सय ६ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार