पाँचथर ।। २ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको पाँचथर जिल्लामा सत्तारुढ गठबन्धनका उम्मेद्वारले अग्रता कायमै राखेका छन् ।
यहाँको प्रदेश १ मा नेकपा एसका नेता कमल प्रसाद जवेगु उम्मेद्वार छन उनले नेकपा एमालेका राजकुमार भण्डारीलाइ ३ सय ४० मतान्तरले पछाडी पारेका छन भने प्रदेश सभा २ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका इन्द्र आङबो मौसम उम्ेद्वार रहेका छन् ।
उनले पनि एमालेकै अइन्द्र सुन्दर नेम्वाङलाइ २ सय ३९ मतले पछाडी पारेका छन् ।
प्रदेश सभा १ मा करिब १७ प्रतिशत मत गणना सम्पन्न भएको छ भने प्रदेश सभा २ मा लगभग २१ प्रतिशत मत गणना सम्पन्न भएको छ ।
पाँचथर प्रदेश क्षेत्र १ मा ४० हजार ३ स ७२ मत खसेको छ भने प्रदेश क्षेत्र २ मा ३४ हजार ९ सय ८० मत खसेको छ ।
पाँचथरको पछिल्लो मत परिणामको पुरा विवरण हेर्नुहोस