चितवनमा विप्लव समूहले मतपेटिका जलायो

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चितवनमा मतदान विथोल्न खोजेपछि प्रहरीले हवाइ फायर गरेको छ।

चितवन निर्वाचन क्षेत्र नम्बर १ मा विप्लव नेकपाले मतपेटिका जलाउने प्रयास गरेपछि प्रहरीले हवाइ फायर गरेको हो।

राप्ती नगरपालिका–८ मा रहेको ब्रह्मास्थान राष्ट्रिय आधारभुत विद्यालयको ख मतदान केन्द्र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका जलाएका हुन्। चितवनका डीएसपी सुदन आचार्यका अनुसार उनीहरुले ख मतदान केन्द्रका चार मतपेटिकामध्ये एउटा जलाएका छन्।

‘ख मतदान केन्द्रका चार वटा मतपेटिकामध्ये एउटा मतपेटिका जलेको छ। तर, मतपत्र भने जलेको छैन। ’ आचार्यले भने, ‘करिब ४५ मिनेट रोकिएको मतदान पुनः सुरु भएको छ।’

१०÷१२ जनाको समूहमा आएका उनीहरुले मतपेटिका एउटा मतपेटिका जलाएपछि भागेका हुन्। उनीहरु पर्खाल नाघेर भागेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार