प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आइतबार(आज) पत्रकार सम्मेलन गर्दै छ ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको हो । दिउँसो २ बजे पत्रकार सम्मेलन हुँदै छ ।
पत्रकार सम्मेलनमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बनाइएको घोषणापत्रका बारेमा सञ्चारकर्मीहरूका जिज्ञासालाई समेट्ने जनाइएको छ ।