एमाले–जसपाको गठबन्धन प्रतिगमनकारी: अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले नेतृत्वमा राजावादी, अलगाववादी र देशलाई विखण्डन गर्न चाहनेको प्रतिगमनकारी गठबन्धन भएको आरोप लगाउनुभएको छ ।

आज ललितपुरमा भएको चुनावी सभामा उहाँले चुनावी तालमेल हो मात्रै भनेपछि प्रतिपक्षीले अपवित्र गठबन्धन गरेको आरोप लगाउनुभयो । मुलुकमा अप्राकृतिक, अपवित्र र प्रतिगमनकारी प्रवृत्ति र कसरत चलिरहेको दाबी गर्दै उहाँले निर्वाचन पछि पनि गठबन्धन आवश्यक पर्ने बताउनुभयो ।

अध्यक्ष दाहालले गठबन्धन निर्माण नगरेको भए संसद् विघटन भएपछि राजनीतिक समस्या उत्पन्न हुने अवस्था रहेको बताउनुभयो । देशलाई निरंकुशता र अराजतकताको भूमरीमा हाल्ने प्रवृत्तिलाई पार्टी र संसदीय दलको नेताबाट निकालेको भन्दै उहाँले वैधानिक संस्थाका अवैधानिक सेटिङले माधवकुमार नेपाल र आफूलाई दुई ठाउँमा बनाइदिएको टिप्पणी गर्नुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एउटा पार्टीले जित्ने र अर्को पार्टीले हार्ने नभई परिवर्तनले जित्ने कि परिवर्तन विरोधिले जित्ने भन्ने फैसला हुने दाहालको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार