चुनावी मैदानमा पटक पटक एउटै अनुहार , नेपाली राजनीतिमा युवा पुस्ताको प्रवेश जटिल बन्दै

नेपाली राजनीतिमा पुस्ता हस्तानान्तरणको वहस हुन थालेको लामो समय भएको छ । तर निर्वाचनमा राजनीतिक दलका शीर्ष नेता आफै नेतृत्वमा पुग्ने अभिलासाका साथ निर्वाचनमा होमिने गरेका छन ।

मंसिरमा हुन थालेको संसदीय निर्वाचनमा समेत त्यस्तै दृश्य देखिएको छ । राजनीतिमा पुस्ता हस्तानान्तरणको विषय निकै महत्वकासाथ उठ्ने गरेपनि निर्वाचनमा भने पटक पटक एउटै उम्मेद्वारले उम्मेद्वारी दिने परम्परा जस्तै हुने गरेको छ ।

संसदीय निर्वाचनको मिति नजिकिएसंगै दलहरु निर्वाचनको तयारीमा जुटेका छन । निर्वाचन आयोगले उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । जस अनुसार आगामी निर्वाचनमा २०४८ साल देखि निरन्तर संसदमा देखिएका अनुहारनै दोहोरिने देखिएको छ ।

सामान्य समयमा राजनीतिक दलका शीर्ष तथा पाका नेताले युवालाई राजनीतिमा अभ्यस्त बनाउने नाममा पुस्ताहस्तानान्तरणको विषय उठाए पनि निर्वाचमा भने आफै. अघि सरेका छन ।

२०४६ सालको राजनीतिक परिवर्तन र २०४८ सालको निर्वाचन चुनाव लड्दै आएका नेताहरुले नै आगामी निर्वाचनमा ठूलो जोसका साथ निर्वाचनमा होमिएका छन ।
प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा २०४८ सालको निर्वाचन देखि निरन्तर संसदमा छन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि ४८ साल देखि निरन्तर संसदमा छन ।

यद्यपी २०६४ सालको निर्वाचनमा भने ओली झापाबाट पराजित भएका थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ०६४ साल देखि निरन्तर संसदमा छन ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि २०४८ साल देखि निरन्तर संसदमा छन । २०६४ सालको निर्वाचनमा पराजित भएपनि उनी त्यही बेला मुलुकको प्रधानमन्त्री बन्ने अवसर पाए ।

२०५६ सालको निर्वाचनमा पराजित एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि २०४८ सालको निर्वाचन देखि निरन्तर संसदमा छन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि २०४८ साल देखि निरन्तर संसदमा छन ।

२०७४ सालको निर्वाचनमा पराजित पौडेल आगामी निर्वाचन पछि आफूलाई प्रधानमन्त्रीको दावेदारको रुपमा दाबि अघि सारेका छन ।
जनता प्रगतिशील पार्टीका अध्यक्ष ह्रदेश त्रिपाठी पनि ४८ साल देखिकै सांसदमा छन ।

७० सालको निर्वाचनमा भने उनी पराजित भएका थिए । कांग्रेस नेता विजयकुमार गच्छदार पनि ४८ साल देखिनै निरन्तर चुनाव जित्दै पटक पटक मन्त्री भएका नेता हुन । २०४८ सालमै सांसद बनेका कांग्रेस नेता कृष्ण सिटौला पनि आगामी निर्वाचनको तयारीमा जुटेका छन ।

लोसपा अध्यक्ष महन्थ ठाकुर पनि ०४८ सालमै सांसद बनेका थिए । एमाले नेता कृष्ण गोपाल श्रेष्ठ पनि ०४८ सालमा सम्पन्न भएको निर्वाचबाट सांसद बनेका थिए । लोसपा वरिष्ठ नेता राजेन्द्र महतो र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे पनि ०४८ सालको निर्वाचन देखिनै उम्मेद्वार बनेका नेता हुन ।

विगत ३० वर्ष देखि निरन्तर सत्ताको वरिपरि घुम्दै सांसद बन्दै आएका नेताहरुले आगामी निर्वाचनमा पनि आफूलाई बलियो उम्मेद्वारका रुपमा प्रस्तुत गर्दा जानकारहरुले भने पटक पटक एउटै व्यक्ति निर्वाचत हुनुले लोकतन्त्र माथी नै प्रश्न उठ्न थालेको बताएका छन ।

युवाको सक्रिय सहभागितापछि मात्र देशमा ठूला परिवर्तन भएका छन् । तर, तिनै युवालाई नेतृत्वले विश्वास गर्न सकेको छैन । जिम्मेवारी लिन युवापुस्ता पछि हटेको हो या युवाको मनोभावना बुझ्ने भन्दै पाका नेताहरुले युवालाई नपत्याएको हो ? यसको उत्तर खोज्न पर्छ । अनि जोश जाँगर भएका देशको मुहार फेर्ने इच्छाशक्ति बोकेका युवाले राजनीतिक दलको नेतृत्व लिन सक्नुपर्छ । source: सगरमाथा टिभी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार