कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै, घोषणापत्र र पार्टी गतिविधिबारे जानकारी गराइने

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पार्टी मुख्यालय सानेपामा दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पत्रकार सम्मेलनमार्फत कांग्रेसको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९, केन्द्रीय प्रचार प्रसार समितिका संयोजकसमेत रहनुभएका प्रवक्ता महतले निर्वाचन र पार्टी गतिविधिसम्बन्धी पछिल्लो जानकारीहरू दिनुहुने छ ।

पत्रकार सम्मेलनमा आगामी निर्वाचनका लागि घोषणा पत्रको बारेमा जानकारी गराइनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार