नयाँ कुरो समाचार ।। पाँचथर मिक्लाजुङकी १६ बर्षिया बालिकालाइ आत्महत्या दुरुत्साहनको आरोपमा एक युवकपक्राउ परेका छन् ।
पाँचथर मिक्लाजुङ की १६ बर्षिया किशोरीले गत भदौ २७ गते आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी थिइन ।
झापा विर्तामोड बस्ने २८ बर्षिय सुमन राइले ति बालिका संग फेसबुकमा बोल्ने गेरेको र पछी बालिकाले वेवास्ता गर्न थालेपछी यूवकले बालिकाको नामबाट नक्कली फेसबुक एकाउण्ट बनाएर अश्लिल सामाग्री राख्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी सन्तोष राइले जानकारी दिनुभयो ।
यसरी नक्कली आइडी बनाएर चरित्र हत्या गर्ने गरी मानसिक तनाव दिएर आफ्नो छोरीलाइ मर्न बाध्य बनाएको भन्दै यूवक विरुद्ध बालिकाका बुबाले जाहेरी दिएपछी युवकलाइ असोज २५ गते झापा प्रहरी संगको समन्वयमा पक्राउ गरी जिल्ला अदालत बाट ७ दिनको म्याद लिइ अनुसन्धान भैरहेको सुचना अधिकारी राइले जानकारी दिनुभयो ।