पाँचथरमा ३ पदको लागि ३४ जनाको उम्मेद्वारी दर्ता (पुरा विवरण सहित)

खविन लुइटेल ।। पाँचथरमा ३४ जनाले उम्मेद्वारी मनोनयन गराएका छन् ।

आसन्न निर्वाचनको लागि १ जना संघिय संसदको लागि १५, र २ प्रदेश सभा सदस्यको लागि २१ जनाको उम्मेद्वारी परेको हो ।

सत्तारुढ गठबन्धनको तर्फबाट संघमा नेपाली कांग्रेसका भिष्मराज आङदेम्बे, प्रदेश सभा क मा नेकपा एसका कमल जबेगु र प्रदेश सभा ख मा माओवादीको नेता इन्द्र आङबो को उम्मेद्वारी दर्ता भएको छ ।

यस्तै नेकपा एमालेले संघमा बसन्तकुमार नेम्वाङ, प्रदेश सभा क मा राजकुमार भण्डारी र प्रदेश सभा ख मा अइन्द्र सुन्दर नेम्वाङको उम्मेद्वारी दर्ता गरेको छ । जिल्लामा रवी लामछिानेको स्वतन्त्र पार्टी लगायत अन्य दलहरु र ७ जना स्वतन्त्र ब्यक्तिले समेत उम्मेद्वारी दर्ता गराएका छन् ।

अन्य उम्मेद्वारहरुको पुरा विवरण हेर्नुहोस ः

संघमा
१. सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बे
२. नेकपा एमालेको तर्फबाट बसन्तकुमार नेम्वाङ
३. राप्रपा ः कमलबहादुर चेम्जोङ
४. संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च ः जसबहादुर योङहाङ
५. राष्ट्रिय स्वतन्त्र पार्टी ः दल प्रसाद लिङदेन
६. स्वतन्त्र ः दल बहादुर आङदेम्बे
७. नेकपा माले ः दिननाथ घिमिरे
८. राष्ट्रिय जनमुक्ति पार्टी ः नरेन्द्र प्रसाद कुरुम्बाङ
९. जनता समाजबादी पार्टी ः प्रेमराज लावती
१०. स्वतन्त्र ः बालकृष्ण काफ्ले
११. जनसमाजवादी पार्टी नेपाल ः भिम ब. तामाङ
१२. राप्रपा नेपाल ः मदन कुमार पोख्रेल
१३. मंगोल नेशनल अर्गनाइजेसन ः रामकुमार तुम्रोक
१४. स्वतन्त्र ः लाख ब. पालुङवा
१५. स्वतन्त्र ः विष्टन लावती

प्रदेश सभा क तर्फ
१. स्वतन्त्र ः इन्दिरा धौराली
२. राप्रपा ः ओमनाथ बजगाँइ
३. नेकपा एस (सत्तारुढ गठबन्धन) ः कमल प्रसाद जबेगु
४. राष्ट्रिय जनमुक्ति पार्टी ः दुर्गाप्रसाद साँवा लिम्बू
५. राप्रपा नेपाल ः नेत्रकुमार बस्नेत
६. जनता समाजबादी पार्टी नेपाल ः मचिन्द्र प्रसाद वेघा
७. मंगोल नेशनल अर्गनाइजेसन ः मनकुमार गुरुङ
८. नेकपा एमाले ः राजकुमार भण्डारी
९. स्वतन्त्र ः सञ्चकुमार केरुङ
१०. संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च ः सागर केरुङ

प्रदेश सभा ख तर्फ

१. एमाले ः अइन्द्र सुन्दर नेम्वाङ
२. माओवादी केन्द्र (सत्तारुढ गठबन्धन) ः इन्द्र बहादुर आङबो
३. जसपा नेपाल ः एवीराज आङदेम्बे
४. स्वतन्त्र ः खड्ग सुन्दर लावती
५. राप्रपा नेपाल ः चन्द्रमाया बोहोरा
६. संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च ः दिपेन्द्र चेम्जोङ
७. मंगोल नेशनल अर्गनाइनजेसन ः बलबहादुर बुर्जा मगर
८. राप्रपा ः सगुन सुन्दर लावती
९. राष्ट्रिय जनमुक्ति पार्टी ः सुर्यहाङ तुम्वापो

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार