समानुपातिक उम्मेदवारको नाम निर्वाचन आयोगद्वारा सार्वजनिक

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको समानुपातिक तर्फको बन्दसूची सार्वजनिक गरेको छ।

आयोगले आज विहान प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि पेस गरेका समानुपातिक उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेको हो।

प्रतिनिधि सभातर्फ ४८ वटा दलका २ हजार ४३६ जना उम्मेदवारको नाम सार्वजनिक भएको छ।

त्यस्तै प्रदेश १ मा ३६ वटा दलका ६६१ जना समानुपातिक तर्फका उम्मेदवार, मधेस प्रदेशमा पनि ३६ वटा दलका ९४८ जना उम्मेदवार, बागमती प्रदेशमा ४१ वटा दलका ८२५ उम्मेदवार, गण्डकी प्रदेशमा ३१ वटा दलका ३६८ उम्मेदवार, लुम्बिनी प्रदेशमा ३२ वटा दलका ६५७ उम्मेदवार, कर्णाली प्रदेशमा २८ दलका २२२ उम्मेदवार र सुदूरपश्चिम प्रदेशमा ३४ दलका ३७६ उम्मेदवारसहित ६ हजार ४ सय ९३ जना उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार