तक्मे बुढाको म्युजिक भिडियो “माटो” सार्वजनिक (भिडियो सहित)

प्रिय योङ्हाङ  पाँचथर ।। चर्चित हास्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढो) अभिनित ‘माटो’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक राजेश पायल राईको आवाज रहेको गीतको भिडियो तक्मे बुढा डटकम युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । म्युजिक भिडियो नेपाली भाषी भुटानीहरुको विषयमा बनेको र नेपाली भाषी भुटानीहरुको जनजीवनमा परेको असहज घटनाहरुलाई म्युजिक भिडियो मार्फत देखाइएको छ ।

भुटानबाट खेदिएर शरणार्थी जिवन बिताउन बाध्य बनेका नेपाली भाषी भुटानीले पाउने दुःख र कष्टलाई यसले मार्मिक ढंगमा उजागर गरेको छ । भुटानी शरणार्थीहरुले जिवनमा भोग्नु परेको पिडालाई म्युजिक भिडियोमा देख्न सकिन्छ ।

विल्सन विक्रम राई (तक्मे बुढा) ले लेखेको गीतलाई तोरिम्पाहाङ राईले संगीतबद्ध गरेका हुन् । भिडियोमा विल्सन विक्रम राई, रजनी गुरुङ, सञ्चारकर्मी शिशिर चम्लागाई, विशाल लिम्बु, बिक्रम धिमाल, लक्ष्मी राईलगायतले अभिनय गरेका छन् ।

भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार