डेङ्गुको फैलावट नियन्त्रण नै गर्न नसकिने अवस्थामा: डा. मरासिनी

डेङ्गुको फैलावट अब नियन्त्रण नै गर्न नसक्ने अवस्थामा पुगिसकेको विज्ञहरुले बताएका छन् । केही ठाउँमा देखिनासाथ नियन्त्रण गर्नुपर्नेमा वेवास्ता गरिएकाले धेरै ठाउँमा फैलिएपछि नियन्त्रण गर्ने सकिने अवस्था नरहेको विज्ञहरुको भनाई छ ।

सरुवा रोगलाई जहिले पनि सुरुमै नियन्त्रण गर्नुपर्ने र फैलिईसकेपछि नियन्त्रण असंभव जस्तै हुने बरिष्ठ सरुवा रोग विषेशज्ञ डा. बाबुराम मरासिनीले बताउनु भयो ।

उहाँले डेङ्गु नियन्त्रणका लागि कुनै पहल नगरेर सरकारले पनि लामखुट्टेलाई नै सहयोग गरेको टिप्पणी गर्नुभयो । नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा उहाँले भन्नुभयो, “मौसम र तापक्रमले लामखुट्टेलाई साथ दिएको छ, त्यसमा सरकारको निस्क्रीयता पनि सहयोगी बनेको छ ।”

उहाँले आगामी कात्तिकसम्म पनि डेङ्गु फैलिईरहन सक्ने भएकाले सबैले व्यक्तिगत रुपमा लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन सुझाव दिनुभयो ।
source:nepalinetwork

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार