प्रेस यूनियन पाँचथरद्धारा ३ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

नयाँ कुरो समाचार ।। पाँचथरको फिदिममा ३ दिने आधारभूत पत्रकारिता (अनलाईन तथा मल्टिमिडिया समेत) तालिमको समापन मंगलबार सम्पन्न भएको छ ।

नेपाल प्रेस यूनियन पाँचथरको आयोजनामा गत शनिबार देखि शुरु भएको तालिम मंगलबार सम्पन्न भएको हो । जिल्लामा विभिन्न रेडियो,पत्रिका तथा अनलाईनमा कार्यरत संचारकर्मीलाई क्षमता अभिवृभि गर्ने लक्ष्य राखेर तालिमको आयोजना गरिएको आयोजक नेपाल प्रेस यूनियन पाँचथरका अध्यक्ष जितेन्द्र भण्डारीले बताउनुभयो ।

तालिमको समापन सत्रमा वोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा प्रेस यूनियनका अध्यक्ष शिव लम्सालले अव प्रेस यूनियनले सवै जिल्लाभर विभिन्न विधामा पत्रकारहरुलाई क्षमता अभिवृद्धिका कार्यक्रम संचालन गर्ने बताउनुभयो । पत्रकारको पेशागत हकहित र सुरक्षाको प्रत्याभूतिको निम्ति प्रेस यूनियन डटेर सामना गर्ने उहाँको भनाई थियो ।

तालिमको सहजीकरण नेपाल प्रेस यूनियनका केन्द्रिय उपमहासचिव यूवराज गौतम,यूनियनका पूर्व केन्द्रिय सचिव चिन्तामणि दाहाल,नेपाल प्रेस यूनियन तथा नेपाल पत्रकार महासंघ पाँचथरका पूर्व अध्यक्ष लक्ष्मी गौतमले गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली  कांग्रेस पाँचथर जिल्ला सभापति रुपनारायण जवेगु, नेपाली  कांग्रेस प्रदेश १ कमिटी सदस्य तथा फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्ले, यूनियनका उपमहासचिव यूवराज गौतम, नेपाली  कांग्रेस जिल्ला सचिव दीपक नेपाल, यूनियनका केन्द्रिय सदस्य भिमकुमार बास्कोटा, नेपाल पत्रकार महासंघ प्रदेश १ कमिटी उपाध्यक्ष लवदेव ढुंगाना, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष गिरीराज बास्कोटा, नेपाल प्रेस यूनियनका पूर्व अध्यक्षहरु विपेन्द्र गौतम, लक्ष्मी गौतम, प्रेस चौतारी पाँचथरका उपाध्यक्ष दुर्गा खनाल, पाँचथर एफ.एम.का स्टेशन म्यानेजर कविन्द्र शेर्मा लगायतले मनतब्य ब्यक्त गर्नुभएको थियो ।

यूनियनका उपाध्यक्ष राधा खनालले स्वागत मनतब्य ब्यक्त गर्नुभएको कार्यक्रमको संचालन यूनियनका जिल्ला सचिव सरोज शर्माले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार