नयाँ कुरो समाचार ।। नेकपा एकीकृत समाजबादी झापा जिल्ला सचिवालय सदस्य तथा विद्यार्थी विभाग इन्चार्जमा सागर योङ्हाङ लिम्बु मनोनित भएका छन ।
पार्टीका जिल्ला अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा शुक्रवार बसेको सचिवालय बैठकले योङ्हाङ लाई मनोनयन गरेको हो ।
पाँचथर जन्म घर भएका योङ्हाङ अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य समेत हुन् ।
लामो समय देखि राजनीतिमा सकृय रहदै आएका योङ्हाङ् एमाले फुट्नु अघि पनि विभिन्न पद मा रहेका थिए ।