
नयाँ कुरो समाचार ।। नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले पाँचथर जिल्लाबाट चुनाब लड्ने बताएका छन् ।
कांग्रेसको चुनावी कार्यक्रम “जनताको साथमा कांग्रेस” लिएर गृहजिल्ला आइपुगेका आङदेम्बेले पार्टीले २० गते सम्ममा उम्मेद्वार टुङ्ग्याएर चुनावी कार्यक्रममा होमिने तर गठबन्धनको मर्म अनुरुप आवश्यकताको आधारमा उम्मेद्वारहरुले “ब्याक” समेत हुन तयार हुनुपर्ने प्रतिकृया दिएका छन ।
प्रेस युनियन पाँचथर शाखाले आयोजना गरेको पत्रकार सम्मलेनमा तपाइ संघको उम्मेद्वारकी प्रदेशको मुख्यमन्त्रीको दाबेदार ? भन्ने पत्रकारको प्रश्नमा उनको जवाफ यस्तो रहेको थियो । हेर्नुहोस भिडियो
कांग्रेसले यस भन्दा अगाडीको प्राप्त मतको आधारमानै १ सय सिट दावी गरेको भन्दै त्यो संख्या भन्दा भन्दा कमजोर अवस्थामा आफ्नो पार्टी नरहेको आङदेम्बेको दावी रहेको थियो ।
पाँचथरमा भाद्र १० गते बाट जनताको साथमा कांग्रेस अभियान सुरुभएको छ भने केन्द्रबाट नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप सुनुवारलाइ पार्टीले जिल्लामा प्रतिनिधीको रुपमा खटाएको छ ।