पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण, एकको मृत्यु

पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९२६ जनामा परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार ३३४ जना संक्रमित संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ ।

हाल देशभर सक्रिय संक्रमित संख्या ५ हजार ६०२ रहेको छ ।ख

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार