
पाँचथर ।। पाँचथर जिल्लामा पनि कोरोना संक्रमितको सख्या बृद्वी हुन थालेको छ । जिल्लामा पछिल्ला पाँचदिनको अवधिमा २३ जना संकास्पद विरामीमा गरिएको परिक्षणमा १६ जनालाई संक्रमण पुष्टि भएको जिल्ला अस्पताल पाँचथरले जनाएको छ ।
रुघाखोकी र ज्वरो सहित कोरोनासँग मिल्दोजुल्दो लक्षण देखाएर अस्पताल आएका मध्ये चिकित्सकलाई संका लागेका यत्तिका बिरामीमा गरिएको परिक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिनुभयो।
संक्रमण पुष्टि भएका मध्ये ३ जनालाई अस्पतालमा भर्ना गरिएको छ। पछिल्लो समय कोरोना संक्रमण कम भएसंगै मास्क, सेनिटाइर र स्वास्थ सम्वन्धि मापदण्ड पालनामा कमी भएको भन्दै स्वास्थकर्मीले हेलचेक्¥याइ नगर्न नागरिकको ध्यानाकर्षण गराएका छन।