खविन लुइटेल
पाँचथर/१० श्रावण
कृषकको करौडौ रुपैया भुत्तानी नदिइ पाँचथरबाट ब्यावसायी फरार भएका छन् । पाँचथरको फिदिम नगरपालिका वडा नं. ३ लालिखर्क क्षेत्रका कृषकबाट ठुलो परिमाणमा दुध खरिद गरि रकम भुत्तानी नदिइ महन्द्र हमाल नाम गरेका ब्यक्ति फरार भएका हुन् ।
केही महिना अगाडी पाँचथरको फिदिम नगरपालिका वडा नं. ३ मा आएर उनले ब्यावसाय सुरु गरेका थिए । प्रतिलिटर ६० रुपैयामा खरिद बिक्रि भैरहेको दुधको मुल्य उनले ८० रुपैया सम्म पु¥याएका थिए । राम्रो मुल्य पाएपछि कृषकहरु समेत उनलाइ दुध बिक्रि गर्दै आएका थिए ।
जुम्लाको कनका सुन्दरी गाउँपालिका स्थायी ठेगाना भएका महेन्द्र हमाल कनका सुन्दरी नाम गरेको दुग्ध डेरी फिदिम नगरपालिका तथा अन्य निकायहरुमा समेत दर्ता गरेर सञ्चालन गर्दै आएको थिए । उनि गत श्रावण ४ गते बाट फरार भएका हुन् ।
झण्डै ६ महिना अगाडी ब्यावसाय गर्ने भनेर फिदिम नगरपालिका आइ तामझामका साथ हमालले दुध तथा दुधजन्य बस्तुहरुको उत्पादन तथा विक्रि वितरण सुरु गरेका थिए ।
उनले सञ्चालन गरेको डेरि उद्योग फिदिम नगरपालिका ३ नं. वडामा रहेको भएपनि दुध उत्पादनको लागि पकेट क्षेत्र मानिने फिदिम नगरपालिकाका यस क्षेत्रका केही वडा र फाल्गुनन्द गाउँपालिका १, ३ र ४ का १ हजारभन्दा धेरै किसानले उत्पादन गरेको दूध खरिद गर्दै आएका थिए ।
उनले कनकासुन्दरी डेरी उद्योगका नाममा ८१७८३१४८४ नम्बरको प्यान लिएर कारोबार गर्दै आएको पाइएको छ ।
उनी साउन ४ गते बिहान ११ बजे छोरी र श्रीमतीसहित सदरमुकाम जाने बहानामा फरार भएको कृषकहरुले बताएका छन् । फिदिम क्षेत्रका किसानलाई भुक्तानी गर्न बाँकी रहेको ६५ लाख, तथा अन्य ब्यावसायीहरुको समेत २५ लाख रुपैया भन्दा बढि बाँकी रहेको भन्दै कृषक तथा ब्यावसायीले प्रहरीमा जाहेरी दिएका छन् ।
उनले भुक्तानिको लागी दिएको लाखौ रुपैयाको चेक फिदिम स्थित बैंक तथा वित्तिय संस्थाबाट “बाउन्स” भएको छ । आफ्नो संस्थासंग सुरुमा इमान्दारी पुर्वक कारोबार गर्दै आएको र अन्तिममा धेरै ग्राहकलाइ पैसा नभएको खाताको चेक दिएका कारण अहिले पनि दैनिक २,३ जना कृषकहरु चेक साट्न भन्दै आउने गरेको गुडविल फाइनान्स फिदिम शाखाका शाखा प्रवन्धक विक्रम तिवारीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख राकेश थापाका अनुसार कृषक तथा ब्यावसायीको उजुरी परेको र सोहिको आधारमा फरार ब्यक्तिको खोजिकार्य भैरहको छ ।