नेपाल पत्रकार महासंघ पाँचथर शाखाद्वारा पत्रकारहरुलाइ सम्मान तथा पुरस्कार प्रदान

ज्याेति भण्डारी ।। नेपाल पत्रकार महासंघ पाँचथर शाखाले नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झा लाइ स्वतन्त्रता सेनानी सम्मान बाट सम्मानित गरेको छ ।

शाखाले हरेक बर्ष प्रदान गर्ने स्वतन्त्रता सेनानी सम्मानबाट नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय समाचार समितीका अध्यक्ष धर्मेन्द्र झा लाइ सम्मानित गरेको हो ।

यस्तै शाखाले यो बर्षको स्वर्गीय प्रजापति जाल्पादेवी खेलकुद पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका पाँचथर सम्बाददाता विजयवोध लावती, स्वर्गिय हरिचरण भद्रमाँया पत्रकारिता पुरस्कारबाट रेडियो मितेरीका स्टेशन म्यानेजर खविन लुइटेल पुरस्कृत गरेको हाे ।

शाखाले यसै बर्षबाट सञ्चालन गरेको उत्कृष्ट फिचर लेखन विधातर्फको पुरस्कार कान्तिपुरका पाँचथर सम्बादाता लक्ष्मी गौतम र उत्कृष्ट फोटो विधातर्फ राससका पाँचथर सम्वाददाता रबिन्द्र काफ्लेलाइ प्रदान गरेको हाे ।

जनआन्दोलनको क्रममा गैरन्यानयिक थुनामा राखिएबापत नेपाल पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष लवदेव ढुंगानाले प्राप्त गरेको क्षतिपुर्तीको रकम बाट कोष सुरु गरी शाखाले स्वतन्त्रता सेनानी सम्मान विरतण गर्दै आएको छ भने स्व;. प्रजापती जाल्पादेवी नेपाल खेलकुद पत्रकारिता पुरस्कार फिदिमका ब्यावसायी हरिप्रसाद नेपालले आफ्ना दिवंगत वुवा आमाको स्मरणमा र स्व; हरिचतरण भद्रमाया पत्रकारिता पुरस्कार फिदिमका ब्यावसायी नरेन्द्रप्दरसाद अधिकारीले आफ्ना दिवंगत बुबा आमाको स्मृतीमा स्थापना गर्नुभएको हो ।

प्राप्त गरेको रकम पत्रकार महासंघको राहत कोषमा जम्मा
यसैविच आफुले प्राप्त गरेको पुरस्कार रकम पत्रकारहरु द्वय खविन लुइटेल र लक्ष्मी गौतमले नेपाल पत्रकार महासंघ पाँचथर शाखाले स्थापना गरेकाे पत्रकार राहत कोषमा जम्मा गर्नुभएको छ । शाखाले आपत्त, विपदमा परेका पत्रकालाइ सहयोग गर्ने उद्धेश्यले पत्रकार राहत कोष स्थापना गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार