फाल्गुनन्द ६ : प्रतिष्पर्धा रोमाञ्चक बन्दै

नयाँ कुरो समाचार ।। पाँचथरको फाल्गुनन्द गाउँपालिकामा ५ वटा वडाको मत परिणाम सार्बजनिक भैसकेको छ । जसमध्ये ४ वटा वडामा गठबन्धनका उम्मेद्वारले जित निकालेका छन भने १ वटा वडामा नेकपा एमालेका उम्मेद्वार विजयी बनेका छन् ।

फाल्गुनन्दका वडामा मध्ये नेपाली कांग्रेसका यो भन्दा अगाडीका वडाध्यक्षहरु मध्ये वडा नं. १ मा होम प्रसाद आङदेम्बे वडा नं. ३ मा सुखवीर नेम्वाङ र ६ मा नारायण प्रसाद आङदेम्बे ले टिकट पाएका थिए ।

ति मध्ये वडा नं. १ र ३ मा पुनः कांग्रेसका पुरानै अनुहार दोहोरिएका छन् ।

यता छ नं. वडामा नारायण प्रसाद आङदेम्बेको मतगणना भैरहदा प्रतिष्पर्धा थप रोमाञ्चक बन्दै गइरहेको छ । वडा नं. ६ को ८ सय मत गनि सक्दा नारायण प्रसाद आङदेम्बेको अग्रता जम्मा ४ मतको मात्रै रहेको छ । गठबन्धनका तर्फबाट नारायण प्रसाद आङदेम्बेलाइ ३ सय ८५ मत प्राप्त हुदा एमालेका नरेन्द्र बहादुर चेम्जोङलाइ ३ सय ८१ मत प्राप्त भएको छ ।

कुल १ हजार ५ सय ५ मत खसेको यस वडामा ८ सय मत गणना सम्पन्न भैसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार