ज्याेति भण्डारी ।। नेपाल पत्रकार महासंघ पाँचथर शाखाद्वारा आयोजित फोटो पत्रकारिता तालिम सम्पन्न भएको छ ।
३ दिन सम्म नेपाल पत्रकार महासंघ पाँचथर शाखाको भवनमा सञ्चालन भएको तालिम आइतवार सम्पन्न भएको हो ।
नेपाल पत्रकार महासंघ पाँचथर शाखाको आयोजना तथा मिक्लाजुङ गाँउपालिका पाँचथरको आर्थिक सहयोगमा सञ्चालन भएको तालिममा बरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्किले फोटो पत्रकारिता सम्बन्धी तालिम दिनुभएकाे थियाे ।
पाँचथरका २३ जना पत्रकार सहभागि रहेकाे तालिममा फोटो पत्रकारिताकाे सैदान्तिक र प्रयोगात्मक कक्षाहरु सञ्चालन भएका थिए ।
नेपाल पत्रकार महासंघ पाँचथर शाखाले दुई आर्थिक वर्षलाई ‘क्षमता विकासका लागि तालिम वर्ष’ घोषणा गरेर पत्रकारको क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरिरहेको शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाले जानकारी दिनुभयो ।






















