एमाले संसदीय दलको बैठक बस्दै

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।

संसद् अधिवेशन अन्त्यको भोलिपल्ट एमालेले बैठक बोलाएको हो। बैठक दिउँसो दिउँसो ३ संसद भवनको ल्होत्से हलमा बस्ने एमालेका प्रमुख सचेत विशाल भट्टराईले जानकारी दिए।

उनले सरकारले संसद अधिवेशन अन्त्य गर्नुको कारणबारे छलफल र निर्णय लिइने बताए।

मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार