कांग्रेस संसदीय दलको बैठक बस्दै, एमसीसी र महाअभियोग विषयमा छलफल हुने

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बस्नेछ । बैठकमा विशेषगरी अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसी संसदमा अघि बढाउने विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

संसद् बैठक भोलिका लागि आह्वान गरिएको छ । भोलिको संसद् बैठकमा एमसीसीलाई अघि बढाउने र पारित गर्ने विषयमा संसदीय दलले निर्णय गर्ने बुझिएको छ।

यस्तै, सत्ता गठबन्धनमा आबद्ध तीन दलका तर्फबाट दर्ता गराइएको महाअभियोग प्रस्तावका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

संसद्मा विचाराधीन विभिन्न विधेयकमा पार्टीले खेल्ने भूमिकालगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार