नेपालमा २५२६ जना कोरोना संक्रमि, १६ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २५२६ जना कोरोना संक्रमित थपिएका छन् ।

११०७३ जनामा गरिएको नमूना परीक्षणमा २५२६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही समयावधिमा १६ जना संक्रमितको मृत्यु भएको छ भने ८४२५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

२४ घण्टामा ५१३०५१ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् भने अहिले देशभर ५६४५७ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार अहिले निको हुने संक्रमितहरुको दर ९२.९ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार