नयाँ कुरो समाचार ।। बैदेशिक रोजगारिको क्रममा मलेशियामा ज्यान गुमाएका एक युवकको परिवारलाइ विमा मृत्यू हक दावी रकम भुक्तानी गरिएको छ ।
पाँचथर फालेलुङ ८ का विष्णु प्रसाद जवेगुको गत श्रावण २८ गते मलेसियामा कोरोनाका कारण मृत्यु भएको थियो ।
उनले वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रुपमा गर्नुपर्ने म्यादी विमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी मार्फत गरेका थिए ।
उक्त विमा बापत बिमांक रकम १० लाख, किरिया तथा अन्य खर्च १ लखा, अस्तु स्वदेशमा ल्याएको खर्च १५ हजार ८ सय २५ र आयको नोक्सानी बापतको रकम २ लाख रुपैया गरी कुल प्राप्त हुने १३ लाख १५ हजार ८ सय २५ रुपैया रकम सिटिजन लाइफ इन्स्योरेन्स पाँचथर शाखाका शाखा प्रवन्धक राम लावतीले मृततकी श्रीमती दिलमाया आङबोलाइ हस्तानतरण गरेका हुन् ।
मृतक आङबो परिवारलाइ विमा रकम दावी गर्ने तथा अन्य सरकारी निकायबाट प्राप्त हुने सहयोगको लागि सुरक्षित वैदेशिक रोजगारको क्षेत्रमा पाँचथरमा काम गरिरहेको सामी परियोजनाले सहजिकरण गरेको थियो ।






















