पाँचथर ।। राँके-रवि सडक खण्ड अन्तर्गत मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ को फुङ्सिङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।


मृत्यु हुनेमा इलाम माङसेबुङ गाउँपालिका वडा नम्बर ३ बाघमारा निवासी वर्ष २१ का रविन लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
बुधबार दिउँसो अन्दाजी १ बजे राँकेबाट रबि तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ त ८५९५ नम्बरको ट्याक्टर कच्ची सडकबाट करीब ७ मिटर तल भिरमा खस्दा ट्याक्टरको इन्जिनको भागले किचेर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।

दुर्घटना भएको खबर पाए लगत्तै सो स्थानबाट १० किलोमिटर दक्षिणी क्षेत्रमा रहेको इलाका प्रहरी कार्यालय रविका प्रहरी निरीक्षक केशव अधिकारीको कमाण्डमा प्रहरी टोली घटना स्थलमा पुगेको थियो ।






















