पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४५४ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४५४ जनामा कोरोना कोरोना पुष्टि भएको छ । सोही अवधिमा ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट गरिएको २० हजार ३५९ परीक्षणमा देशभर ८ हजार ४५४ संक्रमित थपिएका हुन्।

यससँगै देशभर कोरोनाका सक्रिय संक्रमित ९० हजार ६७ जना पुगेका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ४३३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ६१ लाख ११ हजार २१३ जनाको परीक्षण भएकामा जम्मा १० लाख ५४ हजार ८८ जनामा कोरोना पुष्टि भएको छ । यस्तै संक्रमितमध्ये ८ लाख ३१ हजार ७१२ जना निको भएका छन् । यस्तै हालसम्म ११ हजार ६७२ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

हालसम्म कुल जनसंख्याको ४१ प्रतिशत जनसंख्याले पुर्ण खोप पाइसकेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार