सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एक खेल हुँदै छ । ९औं चरणको अन्तिम खेलमा आज न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लब भिड्न लागेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनआरटी र जावलाखेलबीचको खेल दिउँसो १ बजे सुरु हुने छ । एनआरटीले ८ खेलमा १० अंक जोडेको छ । र, लिगको ८औं स्थानमा रहेको छ । आज जावलाखेललाई हराएर एनआरटी छैटौं स्थानमा उक्लन चाहन्छ ।
जावलाखेलले ८ खेलमा ८ अंक जोडेको छ । जावलाखेल दशौँ स्थानमा रहेको छ । जावलाखेल पनि एनआरटीलाई हराएर अंक तालिका सुधार गर्ने योजनामा छ ।






















