पाँचथरका बैंकरहरु पहिलोपल्ट संस्थागत रुपमा संगठित : अध्यक्षमा परशैला

नयाँ कुरो समाचार ।। बैंकर एशोसिएसन पाँचथर गठन गरिएको छ । नवगठित एशोसिएसन को अध्यक्षमा रुपेश परशैला चयन हुनुभएको छ ।

१७ सदस्यिस समितिको उपाध्यक्षमा रविन दाहाल र दिपक दवाडी, सचिवमा भिमनिधी तिवारी (विक्रम), सहसचिवमा गोपाल पौडेल, कोषाध्यक्षमा सन्देश तिम्सिना र सहकोषाध्यक्षमा चाँदनी थापा चयन हुनुभएको छ ।

पहिलोपल्ट पाँचथरका बैंकरहरु संस्थागत रुपमा संगठित बनेका हुन् ।

बैंक तथा वित्तिय संस्थामा आएका समस्याको संस्थागत समाधान, बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गर्ने, बैंक तथा वित्तिय संस्था विचको अस्वस्थ प्रतिष्पर्धालाइ अन्त्य गर्न समेत एशोसिएसनले भूमिका निर्वाह गर्ने नवगठित समितिका सचिव विक्रम तिवारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार