नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महिलातर्फ खुला केन्द्रीय सदस्यको मतगणना सुरु भएको छ ।
पार्टी कार्यालय सानेपामा गए राति साढे १० बजे स्थगित गरिएको मतगणना आज बिहान साढे ९ बजेदेखि पुनः सुरु गरिएको हो।
पुरुषतर्फ खुला केन्द्रीय सदस्यको मतगणना सकिएलगत्तै हिजै साँझदेखि खुला महिला केन्द्रीय सदस्यको मतगणना थालिएको थियो ।
महिला खुलातर्फ नौ जना केन्द्रीय सदस्यका लागि ३० जना उम्मेदवार चुनावी मैदानमा छन् त्यसैगरी मधेशी महिलातर्फ ४ जना निर्वाचित हुनेछन् ।






















