पदाधिकारीका उम्मेदवार टुंगो लगाउन कांग्रेस संस्थापन पक्षको बैठक आज बस्दै

पार्टीको १४औं महाधिवेशनमा पदाधिकारीका उम्मेदावरको टुंगो लगाउन कांग्रेस संस्थापन पक्षको बैठक आज बस्दै छ ।

बैठक कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बोलाइएको छ ।

बैठक आज बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको छ । महाधिवेनमा पदाधिकारीका उम्मेदवारहरुको विषयमा छलफल हुने नेता एनपी साउदले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो ।

सभापतिमा पुनः देउवालाई नै संस्थापन पक्षले अघि सार्ने भएको छ । अन्य पदाधिकारीमा थप छलफल गरेर उम्मेदवारबारे टुंगोमा पुगिने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार