एमाले महाधिवेशन चितवनको सेभन स्टार होटल परिसरमा बन्द सत्र सुरु

एमालेको १०औं महाधिवेशनको बन्द सत्र सुरु भएको हो । चितवनको सेभन स्टार होटल परिसरमा बन्द सत्र सुरु भएको हो । बिहान ८ बजे नै बन्दसत्र तय गरिएकोमा सहमतिको प्रयासमा नेताहरू लागेकाले निर्धारित समयभन्दा ५ घण्टा ढिला बन्दसत्र सुरू भएको हो । बन्द सत्रमा एमालेले आमन्त्रित गरेका विदेशी पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

बन्द सत्रमा समसामयिक प्रस्तावहरुको पारित गर्ने, केन्द्रिय कमिटीले हिजो पास गरेको विधान संशोधनलाई पनि बन्द सत्रमा छलफल हुने एमाले नेताहरुले बताएका छन् ।

अहिले बन्दसत्रस्थलमा प्रतिनिधि धमाधम प्रवेश गरिरहेका छन् । महाधिवेशनमा प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको एमालेले बन्दसत्रको मुलद्वारमा परिचयपत्र स्क्यान गरेरमात्र छिर्न दिइएको छ । क्यूआर कोर्ड स्क्यानमार्फत प्रतिनिधि र आयोजक यकिन गरी स्वयंसेवकहरूले उनीहरूलाई प्रवेश गराएका छन् ।

बन्दसत्रमा हुनसक्ने सम्भावित घुसपेठलाई मध्यनजर गरी प्रवेशद्वारमा कडाइ गरिएको छ । परिचयपत्रबिनाका कसैलाई पनि भित्र पस्न दिइएको छैन ।

हिजोदेखि सुरु भएको एमाले महाधिवेशन भोलीसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार