ताजिकिस्तानमा भइरहेको एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज (आइतबार) लेबनानसँग प्रतिस्पर्धा गर्दै छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने नेपाल र लेबनानबीचको खेल साँझ ४ः४५ बजे सुरु हुने छ ।
नेपाल र लेबनानका लागि यस खेल प्रतिष्ठाको लडाइँ मात्र हुने छ । किनकि दुबै टिम अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेका छन् । तर, लेबनानविरुद्ध मैदान उत्रँदा नेपाल सान्त्वना जितको खोजीमा हुने छ ।
नेपाल जित निकाल्दै छनोटमा सुखद अन्त्य गर्न चाहन्छ । लेबनान पनि नेपाललाई हराएर छनोटको सुखद अन्त्य गर्न चाहन्छ ।
छनोटको समूह ’बी’ मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको थियो ।






















