कोभिड–१९ विरुद्धको खोप लगाउनेको संख्या ताप्लेजुङमा १५ हजार जना मात्र

ताप्लेजुङ जिल्लामा हालसम्म ३५ हजार नगरिकले कोभिड–१९ विरुद्ध पूर्ण खोप लगाएका छ ।

जिल्लामा १८ वर्ष पूरा भएका सबैलाई पुग्नेगरी खोप आएको भए पनि नागरिकले खोप प्रति चासो नदेखाएको पाइएको छ ।

स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप सुपरभाइजर दिनेश रायले दिएको जानकारी अनुसार जिल्लामा १८ वर्ष उमेर समूहका करिब ८३ हजार नागरिक छन् ।

तर पछिल्लो समय दुई चरणमा सञ्चालित खोप अभियानमा करिब १५ हजार जनाले मात्र खोप लगाएको उनले बताए ।

यस अवधिका ५० हजारले कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य राखेकामा करिब ३० प्रतिशतले मात्र खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

खोप लगाउनु नागरिकको अधिकार मात्र नभई कर्तव्यसमेत भएकाले अनिवार्य लगाउन समितिले आग्रह गरे ।

कोरोनाविरुद्ध खोप लगाउन मिल्ने नागरिकले नलगाई सङ्क्रामक रोग निवारण ऐनअनुसार कारबाहीसमेत गर्ने तयारी गरिएको जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिएका छन् ।

उनका अनुसार पछिल्लो समय करिब ६१ हजार जनालाई पुग्नेगरी भेरोसिल खोप आएको जिल्ला खोप व्यस्थापन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार