आज प्रतिनिधि सभा बैठक बस्दै

प्रतिनिधि सभाको बैठक आज (बिहीबार) बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्ने तय भएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७÷७८’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यसअघि कात्तिक ९ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश भन्दै संसद् सचिवालयले ११ गतेलाई सारेको थियो । प्रतिनिधि सभाको अघिल्लो बैठक असोज २२ गते बसेको थियो ।

प्रतिनिधि सभामा प्रमुख विपक्षी एमालेको अवरोध कायमै छ । यो बीचमा सरकार र सभामुखले विपक्षीसँग संवादमार्फत निकास खोज्ने बताए पनि छलफल हुन सकेको छैन । एमालेले सभामुख अग्नि सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै निरन्तर सदन अवरोध गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार