एएफसी एसियन कप छनोट: नेपाल र ताजिकिस्तान खेल्दै

एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज ताजिकिस्तानसँग खेल्दैछ ।

नेपाली समय अनुसार ७ः४५ बजे सुरु हुने खेलमा नेपाल घरेलु टोली ताजिकिस्तानलाई हराउँदै पहिलो जित निकाल्न चाहान्छ ।

छनोटको समूह बी को नेपाल पहिलो खेलमा बलियो टिम इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो ।

ताजिकिस्तान भने लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो ।

यस समूहमा ३ अंक जोडेको इरान शीर्ष र ताजिकिस्तान ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अंक विहीन लेबनान तेस्रो र नेपाल पुछारमा रहेको छ ।stv

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार