जस्ले बसको सिसा फुटाएर बाहिर निस्किए अनि अरुको उद्धार गरे ।। (भिडियो सहित)

खविन लुइटेल ।। फाल्गुनन्द ६ का समिन कुमार गोलेका छोराहरु झिलझिले झापामा पढ्छन् ।

दशै मनाउन गाउँ आएका नानीहरु लगातारको बाढि र पहिरोले गाउँमै थुनिए । बल्ल तल्ल आज मात्रै उनलाइ छोराहरु विद्यालय पुर्याउने गाडि जुर्यो ।

विहानै फाल्गुनन्द मेहेलबोटे बाट जीप चढेर शिवा खोला पुगे, शिवाखोला त्यही खोला हो जस्को पुल केहिदिन अगाडीको बर्षादका कारण चुढिएको छ ।

पारिका गाडी पारिनै र वारीका गाडी वारीनै हुने अवस्था छ । उताबाट जिपले यात्रुहरु ओसारी रहे, समिर चढेको र अर्को एउटा जीपले यात्रु शिवा खोला पारि पट्टी झार्यो हिडेर खोला तर्ने वित्तिकै काे १ ख ३८६५ नम्बरको बस फिदिम तिर आउन तयारी अवस्थामा थियो ।

उनिहरु बस चढ्दा बस पुरै प्याक थियो उनले अन्तिम सिट पाए, आफ्ना २ जना साना नानीहरु र छिमेकमा पाहुना आएको अर्को १ जना भाइ सहित अन्तिम सिटमा गएर बसे, बसले अझै केही यात्रु पर्खियो ।

जब बस खचाखच भयो मानिसहरु बसभित्रै अगाडीको भागमा उभिदै भरिए बस गुड्न थाल्यो ।

खोलाबाट फिदिम तर्फ उकालो लागेको बस गुडेको ५ मिनेटमै दुर्घटनामा पर्यो । उनि सम्झन्छन तल्लो गोलाइबाटै बसले अटो रिक्सालाइ ओभरट्याक गर्न खोज्दै थियो । एकै पल्ट गर्ल्याम्मै बस ढल्दा यात्रुहरुले अइया र आत्था भनेको मात्रै याद छ उनलाइ ।

बस लड्दै थियो आफ्नो छोरालाइ जसरी पनी बचाउछु भनेर छातीमा बेरेको स्मरण गर्छन उनी । बस जब माथिल्लो सडकबाट बल्ड्याङ खेलेर तल्लो सडकमा पुगेर रोकीयो उनले आफुमाथी ४-५ जना मानिसहरु रहेको पाए, आफ्नो छोरा आफ्नै काखमा र छिमेकी भाइ समेत सकुशलनै रहेको पाएपछी आफु माथी भएका मान्छे पन्छाउदै बाहिर निस्कन खोजे तर अन्तिमको सिटमा भएकोले अगाडीबाट बाहिर निस्कन सम्भवनै थिएन,

अनी पछाडी फर्किएर हेर्दा पछाडीको सिसा अलिकती बाँकी रहेछ, त्यसलाइ तोडेर बाहिर निस्किए आफ्ना छोराहरुलाइ बाहिर निकाले अनी अरु यात्रुको उद्धारमा जुटे, अस्पतालको बेडमा सामान्य अवस्थामा रहेका उनी छेउमै ७ बर्षिय बालकको मृत्यु देखेर भक्कानिन्छन् ।

घटना स्थलको अवस्था यस्तो छ :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार