पाँचथरकाे पहिरो प्रभावति क्षेत्रमा प्रधानमन्त्रीकाे अवलाेकन

ज्याेति भण्डारी ।। प्रधानमन्त्री शेरबहादुर देउवाले आज पाँचथरको पहिरो प्रभावति क्षेत्रको निरिक्षण गर्नु भएकाे छ ।

प्रधानमन्त्रि देउवाले अबकाे मन्त्रिपरिषदकाे बैठकबाट बाढि तथा पहिराे पिडितलाई बिशेष थप राहात प्याकेज ल्याईने बताउभएकाे छ ।

पाँचथरकाे पहिराे प्रभावित क्षेत्रकाे अवलाेकन पश्चात् इलाम र पाँचथरकाे सिमा राँकेमा प्रधनमन्त्रीले पहिराे पिडित तथा सञ्चारकर्मी संगकाे भेटमा साे कुरा बताउनु भएकाे हाे ।

देउवाले पाँचथर इलामकाे पहिराे प्रभावित क्षेत्रमा हवाई निरिक्षण गर्नुभएकाे थियाे । साथै पाँचथरकाे सबै भन्दा धेरै पहिराे प्रभावित क्षेत्र मिक्लाजुङ गाउँपालिकाकाे स्थलगत भ्रमण समेत गर्नुभएकाे थियाे ।

प्रधानमन्त्री देउवा सँगकाे भेटमा पाँचथर र इलामका सुरक्षा निकायका प्रमुखहरूले जिल्लाकाे बस्तुस्थितिकाे बारेमा जाकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार